काठमाडौं– वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि तनाव बढेको छ । प्रशासनले स्थिती साम्य पार्न कफ्र्यु लगाएको छ ।
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि हिसां भड्किएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन् । झडपमा दर्जनौं घाइते भएका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।