


काठमाडौं– काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । घटना बुधबारको भएपनि बाहिर आएको थिएन । प्रहरी भने अनुसन्धानमा सक्रिय थियो ।
बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएको जिल्ला प्रहरी परिसरका एक अधिकृतले सौगातखबर डटकमलाई बताए ।
उनले भने,‘ जग्गा बैनाको लागि रकम लैजादै गर्दा बाटोमै गाडी रोकेर लुटिएको रहेछ । अनुसन्धान जारी छ ।’
लुटपाटमा संलग्न आरोपमा प्रहरीले १२ जना बढीलाई पक्राउ गरेको छ । लुटिएको केही रकम बरामद भएको बताइएको छ । प्रहरी आधिकारीक रुपमा घटनाबारे बोल्न मानेको छैन् ।


