अभिषेक शर्माको विष्फोटक प्रर्दशनसँगै पञ्जाबमाथि सनराइजर्सको जीत

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले पराजित गरेको छ ।
पञ्जाबले दिएको दुई सय ४६ रनको लक्ष्य हैदरावादले १८ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेट्टायो ।
हैदरावादका लागि अभिषेक शर्माले विष्फोटक पारि खेल्दै एक सय ४१ रनको शतकीय पारी खेले । त्यसअघि हैदरावादमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले छ विकेट गुमाएर दुई सय ४५ रन बनाएको थियो । पञ्जाबका श्रेयस अय्यरले ८२, प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६ र मार्कस स्टोइनिसले नटआउट ३४ रन बनाए ।

प्रतिक्रिया