बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हासिनासहित छोरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– बंगलादेश एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलमाथि पक्राउ पुर्जी जारी गरेको छ । उनहिरुसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेको सञ्चारमाध्यमले लेखेका छन् ।
आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो । हसिना भारतमा बसेकी छन् ।

प्रतिक्रिया