काठमाडौं– नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ ।आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।