निजामती सेवाका कर्मचारीमा २ वर्षको कुलिङ समय राखौं : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
जसकारण पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने व्यवस्था छ । अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाइने व्यवस्था उल्लेख छ ।
उच्चपदस्थ कर्मचारीहरु कुलिङ परियड राख्न नहुने पक्षमा रहेका छन् ।

प्रतिक्रिया