नेप्से घट्दा पनि छ अर्ब २८ करोडको कारोबार

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंकले घटेको छ । आइतबार घटेको अंकपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।
नेप्से घटेपनि कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ ।
गत बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो ।
आइतबार ८८ कम्पनीको मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घट्यो भने एउटाको स्थिर रह्यो ।

प्रतिक्रिया