


काठमाडौं -आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले युएईलाई पराजित गरेको छ । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा नेपालले कप्तान नरेन भट्टको अर्धशतकमा २०१ रनको लक्ष्य दिएको थियो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा वेट आउटफिल्डका कारण ढिला शुरु भएको थियो ।
जवाफी व्याटिङ गरेको युएइले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनायो । फेरि वर्षा र लाइटका कारण खेल हुन नसक्दा डीएल मेथर्डका आधारमा नेपाल विजयी भएको हो ।
युएईका लागि यानिन किरन राईले अवजित १०४ रनको इनिङ खेले ।


