आजदेखि २०८२ आरम्भ : नयाँ वर्षसँगै नयाँ उत्साह र नयाँ शुरुवात

काठमाडौं–आजदेखि नयाँ वर्ष २०८२ आरम्भ भएको छ । नेपाल लगायत नेपालीभाषी समुदायमा विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मान्ने गरिन्छ ।
नयाँ वर्षलाई नेपालका विभिन्न क्षेत्रमा फरक–फरक पर्वका रुपमा पनि लिइन्छ । पारिवारिक उत्सवका रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नयाँ वर्षमा नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि नेपालमा रहिआएको छ ।
नयाँ वर्ष २०८२ ले समस्त नेपालीको उन्नती र प्रगति गरोस् । देशमा एकता,स्थिरता र शान्ती कायम रहिरहोस् । सबैको मुहारमा मुस्कान छाइरहोस् । सौगातखबर डटकम www.saugatkhabar.com परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया