सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ सर्वसाधारणको मृत्यु

एजेन्सी– सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह शहरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको मृत्यु भएको छ । घटनामा ज्यान गएकोबारे स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ ।
स्थानीय समितिका अनुसार आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका छन् । उम्म कदादाह शहर डारफुर क्षेत्रको अन्तिम ठूलो शहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको शहर हो ।
आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध शुरू भएदेखि नै राहत र समन्वयका काममा सक्रिय छ । उम्म कदादाह इल–फाशरबाट झन्डै १८० किलोमिटर पूर्वको दुरीमा छ ।
समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई शहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण सञ्चार सेवाहरू बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया