काठमाडौं– चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समर्थकको आन्दोलनका मुख्य कमाण्डर थिए दुर्गा प्रसाईं । शुरुमा सभा भनिएपनि पछि त्यो हिसांत्मक आन्दोलनमा परिणत हुन पुग्यो ।
दुर्घटनामा २ जनाले ज्यान गुमाए । हिसां भड्किएपछि सडकमा तैनाथ प्रहरीलाई नै कुल्चने गरि दुर्गाले गाडी हुइकाए । उनी फरार भए । केही दिनपघि आफु भाग्ने नभई नेपालमै रहेको भिडियो पोष्ट सार्वजनिक गरे । तर उनी भारतमै थिए । भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेपछि उनी नेपाल ल्याइए ।
गत शुक्रबार बिहान झापाको भद्रपुरबाट समातिएका दुर्गालाई जहाज चढाएर काठमाडौँ ल्याएको थियो
उनीविरुद्ध काठमाडौं प्रहरीले अनुसन्धान शुरु गरेको छ । दुर्गासँगै तीनकुने काण्डमा जोडिएको भन्दै रविन्द्र मिश्र, धवलसमशेर राणा लगायत ८० बढीलाई पक्राउ गरेको छ । तर यो घटनाका योजनाकारका रुपमा प्रहरीले दुर्गालाई नै मानेको छ ।
त्यसैले दुर्गामाथि प्रहरी अनुसन्धान केन्द्रित छ । एक उच्च अधिकृतका अनुसार दुर्गाविरुद्धका प्रमाण संकलन गर्ने र संकलित प्रमाणको सुक्ष्म अध्ययनको काम भइरहेको छ ।
पक्राउ परेका उनी निकटका व्यक्तिको बयानका आधारमा पनि दुर्गाविरुद्धको अनुसन्धानले बाटो तय गर्नेछ ।
१२ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । ती अधिकृतले भने,‘उनले बोलेका कुरा पनि छन् । अन्य सबै कोणबाट अनुसन्धान भइरहेको छ । तर तीनकुने घटनाका योजनाकार दुर्गा नै हुन भन्ने कुरामा दुविधा छैन ।’
दुर्गालाई प्रहरीले हिरासत कक्षमा एकल रुपमा राखिएको छ ।
यसबीचमा रविन्द्र र धवललाई प्रक्रिया मिलाएर रिहा गर्ने चर्चा पनि चलेको थियो । तर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता अपिलराज बोहरा यसबारे आफुलाई कुनै जानकारी नभएको बताउँछन् ।