शिक्षा ऐन जारी नभएसम्म विद्यालय फर्किदैनौं, भर्नादेखि कक्षा १२ को परिक्षा रोक्छौं

काठमाडौं – नेपाल शिक्षक महासंघले जारी राखेको शिक्षक आन्दोलन अझै कडा हुने संकेत देखिएको छ । सरकार आफ्ना मागप्रति उदासिन देखिएको भन्दै शिक्षहरुले बैशाख १२ गतेबाट हुने कक्षा १२ को परिक्षामा सहभागि नहुने निर्णय गरेका छन् ।
महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय नै गरेको छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष नविनसिंह धामीले नयाँ शैक्षिक सत्र पनि शुरु भएको र त्यसअन्र्तगत भर्ना लगायतका सबै काम रोकिएको बताए । विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने धामीको भनाई छ ।
उनले भने,‘सरकार शिक्षकका मागप्रति उदासिन देखिएको छ । मन्त्रीपरिषदले गर्ने निर्णय समेत गरिरहेको छैन् । ऐन जारी नहुँदासम्म आन्दोलन रोक्दैनौं । निकासको बाटोमा सरकार गएन ।’
धामीका अनुसार ४० हजार बढी शिक्षकले आन्दोलनमा सक्रिय सहभागिता जनाइरहेका छन् । २ साता बढी समयदेखि शिक्षकहरुले काठमाडौंमा दैनिक प्रर्दशन गरिरहेका छन् ।
सरकारी पक्षसँग सम्वाद भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् । शिक्षक आन्दोलनलाई समर्थन गर्न सांसद,नेताहरु प्रर्दशनमा पुग्न थालेका छन् ।

प्रतिक्रिया