काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो आलोचना गरेका हुन ।
नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको थापाको भनाइ छ । सरकारको गति ट्याक्टरको स्पिडमा रहेको र नागरिकको अपेक्षाको गति सरकारले पक्रिन नसकेको थापाको भनाइ छ ।
कांग्रेस–एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नगरेको बताए ।