काठमाडौं– त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि मंगलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा शुरु भएसँगै परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर कागजी फारम भर्ने,लाइन लाग्नुपर्ने समस्याबाट राहत मिलेको छ ।
तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा शुरु गरिएको र अन्य सेवाहरु पनि क्रमशः प्रदान गरिनेछ ।
जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।