जनतासँग माओवादी जागरण अभियान पुनः शुरु

काठमाडौं– ‘जनतासँग माओवादी’जागरण अभियान पुनः शुरु भएको छ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः शुरु भएको हो ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान कार्यक्रमका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नवलपुरको गैँडाकोट पुगेका छन् ।
अभियान टिमलाई नवलपुरको गैँडाकोटमा स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू बुधबारसम्म नवलपुरका जनतासँग रहनेछन् ।

प्रतिक्रिया