सुनको मूल्यमा अर्को कीर्तिमान : तोलाकै एक लाख ८७ हजार

काठमाडौं –सुनको मूल्यमा अर्को कीर्तिमान कायम भएको छ । नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया