संयुक्त राष्ट्रसंघ र नेटोको बजेट कटौती गर्ने तयारीमा ट्रम्प

काठमाडौं– अमेरिकाले संयुक्त राष्ट्रसंघ र नेटोको बजेट कटौती गर्ने तयारी गरेको खबर छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ट ट्रम्प निर्वार्चित भएसंगै विश्व तंरगित गर्ने निर्णय भइरहेका छन् ।
विभिन्न साझेदार मुलुकहरुलाई कर लगाउनेदेखि विश्वविद्यालयमा अनुदान कटौती गर्ने अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)लाई दिने भुक्तानी पनि कटौती गर्न सक्ने समाचारहरुमा जनाइएको छ ।
अमेरिकी पत्रिका न्यू योर्क टाइम्सका अनुसार अमेरिकाले लगभग सबै नेटो भुक्तानी बन्द गर्न सक्नेछ । अमेरिका संयुक्त राष्ट्रसंघको पनि अनुदान काट्न सक्ने पत्रिकाले लेखेको छ ।
यो समाचार न्यू योर्क टाइम्सलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
तर कटौतीको प्रस्ताव अमेरिकी कंग्रेसबाट पारित हुनुपर्ने भएकोले तत्काल कटौतीको नजिता भने आउने सम्भावना देखिदैन् । सोमबार मात्रै अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युरोप अमेरिकाको ‘भेसल स्टेट’ भएको भन्दै अमेरिकाले युरोपको सुरक्षा खर्च धान्न नसक्ने खुलासा गरेका थिए ।

प्रतिक्रिया