काठमाडौं– रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएपछि यसबारे विभिन्न कोणबाट बहस शुरु भएको छ । तर उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव लगेकी छन् ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग सुमनाले पठाएको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ ।
श्रेष्ठले सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश नजाने उल्लेख गरेकी छन् ।
पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ । सुमना रास्वपाकी शशक्त महिला नेतृ हुन । उनी पूर्व शिक्षामन्त्री समेत हुन् । सुमनाले राजीनामा दिएपनि यसबारे अन्तिम निर्णय केन्द्रीय समितिले लिनेछ ।