सुनको मुल्यमा नयाँ कीर्तिमान : तोलाकै पुग्यो १ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।
बिहीबार सुनको तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबारको सुनको मुल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया