हट्यो गणेश थापामाथि फिफाको १० वर्षे प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको प्रतिबन्धको समय सकिएको छ ।
फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको थियो । भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको भन्दै थापालाई फिफाले प्रतिबन्ध गरेको थियो । प्रतिबन्ध अप्रिल १५ मा सकिएको हो ।
थापाले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध सकिएको जनाएका छन् ।

प्रतिक्रिया