प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने अवस्था नरहेको बताएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि कांग्रेसले यस्तो बताएको हो । बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले भनेको कुरामा टिप्पणी नगर्ने बताए । महतले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए । पछिल्लो समय कांग्रेसभित्र सरकारबारे असन्तृष्टि चुलिदै गएको छ ।

प्रतिक्रिया