काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएको घोषणा गरेका छन् ।
केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र रहने गरी राजीनामा गरेका हुन् ।
उनले केन्द्रीय नेतृत्वले प्रदेश इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गरेको आरोप समेत लगाएका छन् । उनले पार्टी नेतृत्वले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाएका छन् ।
सामान्य छलफल समेत नगरी जिम्मेवारीबाट बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सृजना भएको उनको तर्क छ ।