काठमाडौं– प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटमा सभामुख घिमिरेले रविको सांसद पदको निलम्बन फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।
सभामुखको भनाइपछि लामिछाने बैठकस्थलबाट बाहिरिएका थिए । लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार र सचेतक निशा डाँगीसहितका नेताहरु सहभागी थिए । सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा रविविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।