राजधानी काठमाडौं बन्यो विश्वकै ‘प्रदूषित’ सहर

काठमाडौं– नेपालको संघीय राजधानी काठमाडौं विश्वकै ‘सर्वाधिक प्रदूषित’ सहर बन्न पुगेको छ । वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले मंगलबार विश्वका १२४ सहरममध्ये काठमाडौं सर्वाधिक प्रद्रूषित भएको देखाएको हो ।मंगलबार बिहान ११ः३० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ । तेस्रो नम्बरमा थाइल्यान्डको च्याङमाई परेको छ ।

प्रतिक्रिया