


काठमाडौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स आमने–सामने हुँदैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुनेछ । बेङ्गलुरु आरसीबीको होम ग्राउण्ड हो ।
बेङ्गलुरुले आफ्नो पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई पराजित गरिसकेको छ । ४ अङ्कका साथ आरसीबी तालिकाको शीर्ष स्थानमा छ ।
गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ ।


