काठमाडौं– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले तीनकुने घटनाबारे सरकारको स्पष्ट जवाफ आउनुपर्ने माग राखेका छन् ।
अधिकाशं सांसदहरुले सरकारको तर्फबाट गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । बुधबार समितिको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् ।
कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखे ।
कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि तीनकुने घटनाबारे राज्यको बुझाइ सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रर्दशनकारीले भाटभटेनीसहित कयौं निजि सम्पत्तीमाथि लुटपाट र आगजनी समेत गरेका थिए ।