भारतको गुजरातमा पटाका गोदाममा विस्फोटः २० जनाको मृत्यु

एजेन्सी– भारतको गुजरातमा रहेको पटाका गोदाममा भएको विस्फोटमा २० जनाको ज्यान गएको छ । अन्य केही घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए ।
प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।
सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रतिक्रिया