सुनको ६ सय रुपैयाँले घट्यो

काठमाडौं – सुनको भाउ बुधबार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सय रुपैयाँ घटेर तोलाको एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

प्रतिक्रिया