काठमाडौं– समाजवादी मोर्चाको सभाका कारण रोकिएको नेकपा माओवादी केन्द्रको अभियान फेरि शुरु भएको छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान पुनः शुरु भएको हो ।
अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता बाँकेको नेपालगञ्ज पुगेका छन् ।
बिहीबार र शुक्रबारसम्म बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ ।
कोशी प्रदेशको झापाबाट शुरू भएको अभियान सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पुगेर टुंग्याउने माओवादी तयारी छ । अभियानमा सबैजसो शीर्ष नेता जोडिएका छन् ।