रवीन्द्र र धवल शमशेरसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमती

काठमाडौं– राजावादी समर्थकको आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक छ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएका ४१ जनालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार ५ दिनका लागि म्याद थप गरिएको थियो ।
पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई बुधबार दोस्रो पटक म्याद थप गर्न लगिएको थियो ।
म्याद थप गरिएकाहरुमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् ।

प्रतिक्रिया