आजदेखि विन नेपाल लघुवित्तको एफपीओ निष्कासन

काठमाडौं– विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप एफपीओ निष्कासन गर्न लागेको छ । जसअनुसार ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ५१ हजार २९२.५ कित्ता थप सार्वजनिक निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले कम्पनीको एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एकहजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

प्रतिक्रिया