आईपीएल : गुजरातले बेङ्गलुरुलाई हरायो, आज कोलकाता र सनराइजर्स भिड्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ८ विकेटले पराजित गरेको छ ।
गएराति भएको गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए ।
एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाएको थियो ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन् ।

प्रतिक्रिया