विश्वका अर्बपतिहरुको सूची सार्वजनिक, नेपालबाट बिनोद चौधरी मात्रै

एजेन्सी– सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक भएकोे छ । फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् ।
यो गत वर्षको तुलनामा २४७ ले बढी हो । सन् २०२५ मा अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोब्र्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ जना अमेरिकाकै छन् ।
अमेरिकापछि हङकङसहित चीन ५ सय १६, भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति भएका छन् ।
दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग छन् । यस वर्ष २८८ जना नयाँ अर्बपति फोब्र्सको सूचीमा परेका छन् । विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी मात्रै समावेश छन् ।

प्रतिक्रिया