काठमाडौं– रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ ।
नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको हो । निलम्बन गरिएकाहरुमा अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना छन् ।
संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशनशनिक अराजकता निम्त्याएको लगातयको आरोप उनीहरुमाथि लगाइएको छ ।