नेपाल र अफगानिस्तानबीचको खेल जारी

काठमाडौं– नेपाल र अफगानिस्तान अण्डर–१९ टोलीको क्रिकेट खेल जारी छ । मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
दुवै टोलीबीच ३ एकदिवसीय खेल हुनेछन् । अफगानिस्तान टेष्ट मान्यताप्राप्त टोली हो । तर उमेर समुहमा भने नेपाली युवा टोली अफगानिस्तानमाथी हावी हुँदै आएको छ । समाचार तयार पार्दासम्म अफगानिस्तानले विना विकेटको क्षतिमा ३९ रन बनाएको छ ।

प्रतिक्रिया