कसरी हुँदैछ आदिललाई क्रिकेटमा फर्काउने तयारी ? पर्खाइ आइसीसीकै

काठमाडौं– स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारी अझै क्रिकेटमा फर्किन पाएका छैनन् । तर नेपाल क्रिकेट संघ क्यानले भने उनलाई फर्काउने सबै प्रक्रिया पुरा गरिसकेको छ ।
आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । अदालतबाट उनीहरुले सफाई समेत पाएका थिए ।
अदालतमा मुद्दा दायर भएसँगै क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अन्सारीलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो ।
जुन आइसीसीले अझै फुकुवा गरेको छैन् । आइसीसीले अनुमति नदिएसम्म आदिलले क्यानले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।
विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन । २१ वर्षीय युवा खेलाडी आदिललाई नेपालको सम्भावना बोेकेको अलराण्डरको रुपमा हेरिएको थियो । उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया