त्रिचन्द्र कलेजको स्ववियू सभापतिमा नेविसंघका कोइराला विजयी

काठमाडौं– त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघले बाजी मारेको छ । निर्वाचनमा नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा निर्वाचित भएका छन् ।
सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने प्रतिस्पर्धामा थिए ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया