काठमाडौं– युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको राष्ट्रिय कार्य समिति पुनर्गठन गरेका छन् ।
प्रमुख आयुक्त महेन्द्र रञ्जितलाई बर्खास्त गरेका चौधरीले फेरि पुनर्गठन गरेका हुन् । जसमा १४ सदस्यीय कार्य समिति घोषणा गरिएको छ ।
देवराज घिमिरे प्रमुख आयुक्त रहेको कार्य समितिलाई बिहीबार शपथग्रहण समेत गराइएको छ ।
यस्तो छ नयाँ कार्य समिति
१. देवराज घिमिरे: प्रमुख आयुक्त
२. इन्दु सुवेदी: सह–प्रमुख आयुक्त (महिला विभाग)
३. कमल बहादुर देउजा: सह–प्रमुख आयुक्त (पुरुष विभाग)
४. भुबन सुब्बा: राष्ट्रिय शैक्षिक पद्धती आयुक्त (महिला विभाग)
५. सन्तोष कुमार थापा: राष्ट्रिय शैक्षिक पद्धती आयुक्त (पुरुष विभाग)
६. स्मृती बराल: अन्तराष्ट्रिय आयुक्त (महिला विभाग) एवं प्रवक्ता
७. अरुण बस्नेत: राष्ट्रिय सुशासन, श्रोत विकास तथा वित्त आयुक्त
८. जहर सिंह थापा: राष्ट्रिय कार्यकारी समिति सदस्य (जन सम्पर्क विभाग)
९. सुरज खनाल: राष्ट्रिय कार्यकारी समिति सदस्य (सदस्यता वृद्धी विभाग)
१०. सुस्मिता श्रेष्ठ: राष्ट्रिय कार्यकारी समिति सदस्य (वाग्स परियोजना विभाग)
११. नारायण बहादुर कार्की: राष्ट्रिय कार्यकारी समिति सदस्य (संचार विभाग)
१२. अशोक कुमार थापा मगर : राष्ट्रिय कार्यकारी समिति सदस्य (विपद् व्यवस्थान विभाग)
१३. बसन्तलाल शाक्य : राष्ट्रिय कार्यकारी समिति सदस्य (ग्रामीण विकास विभाग)
१४. सुदर्शन प्रसाद भट्टराई :राष्ट्रिय कार्यकारी समिति सदस्य (सामुदायीक विकास विभाग)