हर्क साम्पाङले भने– राजा चाहिदैन, प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुनौं

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आजको माग राजा नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था हुनुपर्ने बताएका छन् । प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भए आफु पनि राष्ट्रपतिको उम्मेद्वार हुने उनको भनाइ छ ।
सामाजिक सञ्जला फेसबुकमा लेखेका छन्,‘राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जस्लाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रिमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ । आजको माग यो हो, राजा होइन । म पनि उम्मेदवारी दिनेछु ।’

प्रतिक्रिया