सरकारले भन्यो– शिक्षकका मागप्रति गम्भीर छौं, छिट्टै आवश्यक निर्णय लिन्छौं

काठमाडौं– सरकारले आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नेगरी ठोस पहल अघि बढाउने बताएको छ । शिक्षहरु आफ्ना माग सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले शिक्षकका मागबारे छलफल समेत गरेका छन् ।

प्रतिक्रिया