गाजाको विद्यालयमा इजरायली आक्रमण, २७ जनाको ज्यान गयो

एजेन्सी– उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा २७ जनाको ज्यान गएको छ । ज्यान जानेमा महिला र बालबालिकासहित प्यालेस्टिनी रहेका छन् ।
तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ ।
हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७ जनाको ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया