


काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद पराजित भएको छ ।
गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनले पराजित गरेको हो ।
कोलकाताको यो दोस्रो जीत हो । कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबादले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२० रन बनाउन सक्यो ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।
आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।


