दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त, अदालतद्वारा महाभियोग सदर

एजेन्सी– दक्षिण कोरियका राष्ट्रपति युन सुक योल पदमुक्त भएका छन । उनलाई संवैधानिक अदालतले अपदस्त गरेको हो ।
दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।
गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुनको घोषणा गरेका थिए । तर उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो । त्यसयता त्यहाँको राजनीतिमा तरंग छाएको छ ।

प्रतिक्रिया