काठमाडौं– सुनको मुल्यमा एकैदिन भारी गिरावट आएको छ । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको हो ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।