अपहरणमा परेकी ७ वर्षीय बालिकाको २४ घण्टामै उद्धार, एक जना पक्राउ

काठमाडौं– सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरिएको हो । चैत २० मा अपहरणमा परेकी ७ वर्षीय बालिकाको २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अपरहण आरोपमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) पक्राउ परेका छन् । उनले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेको खुलेको छ । बालिकालाई खानेकुरा दिएर उनले लगेको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया