रवि शुक्रबार काठमाडौं प्रहरीको हिरासतमा रहने, शनिबार मात्रै रुपन्देही लगिने

काठमाडौं – पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई शनिबार मात्रै रुपन्देही लगिने भएको छ । शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले हात्तीगौंडास्थित निवासबाटै रविलाई पक्राउ गरेको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशपछि उनी पक्राउ परेका हुन् । ्
उच्च प्रहरी स्रोतका अनुसार उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने छ ।

प्रतिक्रिया