रवि लामिछानेलाई आज विमानमार्फत रूपन्देही लगिँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज विमानमार्फत रूपन्देही लगिने भएको छ । रविलाई शुक्रबार पक्राउ गरि काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रविलाई पक्राउ गरिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सोही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । तर त्यो आदेश उच्चले बदर गरेको छ ।

प्रतिक्रिया