चैत्र शुक्ल अष्टमी : आज चैते दसैँ मनाइँदै

काठमाडौं– आज चैत्र शुक्ल अष्टमी । आजकै दिन चैते दसैँ पर्व मनाइँदैछ । हिन्दु नेपालीले घरघरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको मान्यता छ ।
बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
चैते देसंैंकै अवसरमा उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।

प्रतिक्रिया