एजेन्सी– भारतीय चलचित्र अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँ मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
एनले ‘उपकार’, ‘पूरब और पछिम’, ‘क्रान्ति’ लगायत देशभक्तिपूर्ण विषय वस्तुका थुप्रै चलचित्रमा उनले अभिनय गरेका थिए ।
हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रुपमा समेत उनले काम गरेका थिए ।
अभिनेता कुमारले भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।