


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ ।
दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन मात्रै बनायो ।
लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनाएको थियो ।
आईपीएलमा आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।


